RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१४ गते
५५३ पटक

काठमाडौं, आज देशका धेरै ठाउँको मौसम सफा छ । आज देशभर केही ठाउँबाहेक धेरै ठाउँमा घाम लागेको छ । अहिले बिहान तराईका केही ठाउँमा सामान्य तुसारो लागेको छ ।

तर दिउँसोपछि तराईमा लागेको सामान्य खालको तुसारो पनि हटेर घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक बद्लीको सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ५ डिग्री सेल्सियस मापन गरिएकोमा फेरि दिउँसो घटेर ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको थियो । बादल नलागेकाले चिसो बढ्न थालेको छ ।

राति भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । भोलि पर्सिको मौसम पनि यस्तै रहने महाशाखाले जनाएको छ । देशमा अहिले कुनै पनि प्रणाली नभएकाले पानी पर्ने वा हिमपातको सम्भावना छैन ।

प्रतिकृया दिनुहोस्