RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१४ गते
५४४ पटक

कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुलिमा भएको आगलागी पीडितको लागि प्रदेश सरकारले राहत तथा आवासको व्यवस्था गर्ने भएको छ।

राँचुलिको एक दलित बस्तिमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही  उक्त घटनाको निरिक्षण गरेर सुर्खेत फर्किएका छन्।

मुख्यमन्त्री शाहीले कर्णाली  संक्षिप्त कुराकानीमा पीडितलाई प्रदेश सरकारले आवासको व्यवस्था गर्ने बताएका छन्। मुख्यमन्त्ती शाहीका अनुसार घटनास्थलको निरिक्षणमा जाँदा केही लत्ताकपडा उपलब्ध गराइएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार शनिबार बिहान करिब ६ बजेको समयमा आगलागी भएको हो।

स्थानीय एक घरमा चुलोमा बालेको आगो घरमा सल्किदा छिमेकी तीन घरमा आगो सल्केर नष्ट भएका थिए। तीन घरमा १० परिवार बस्दै आएका थिए। उनले भने, ‘तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट गोठमा रहेका पशु चौपायासमेत जलेका छन्।

प्रहरीका अनुसार आगलागिबाट मानवीय क्षति भएको छैन। काठ र खरले छोएका राँचुलिका घरहरू आगजनिको उच्च जोखिममा छन्।

प्रतिकृया दिनुहोस्