RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
१०९१ पटक

काठमाडौँ, माघ २४ गते । देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।

समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकावासीको मागको ४० प्रतिशत मात्रै आलु भारतबाट आयात गरिएकामा चालू आर्थिक वर्षको पहिलो सात महिनामै यसको आयात मागको ६६ प्रतिशत रहेको छ ।

हरेक तरकारीमा यस्तै परनिर्भरता बढ्ने हो भने भारतले आलुमा पनि कुनै दिन प्रतिबन्ध लगाएको खण्डमा प्याजमा जस्तो नहोला भन्न सकिन्न । यस्तै परनिर्भरताको असर अहिले लसुनमा पनि देखिएको छ ।
चालू आर्थिक वर्षमा कालीमाटी बजारमा ३९ हजार १५३ मेट्रिक टन आलु भित्रिएकामा २६ हजार १५ मेट्रिक टन भारतबाट आयात भएको हो ।

आपूर्ति बढेन
बजारमा तरकारीको माग बर्सेनि बढेको छ तर यो अनुरूप आपूर्ति नहुँदा यसको भाउ पुस महिनासम्म महँगो भएको थियो । अहिले क्रमशः घटेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले हाल दैनिक आठ सय मेट्रिक टनसम्म तरकारी बजारमा भित्रिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षको सात महिनासम्म बजारमा उपत्यकावासीको मागअनुसार आपूर्ति नहँुदा भाउ निरन्तर उकालो लागे पनि अब भने सस्तो हुने सङ्केत देखिएको उहाँको दाबी छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिनामा बजारमा एक लाख ५२ हजार २६० मेट्रिक टन तरकारी भित्रिएको छ । समितिका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख २७ हजार ९५८ मेट्रिक टन तरकारी आपूर्ति भएको थियो भने आर्थिक वर्षमा २०७५÷७६ मा दुई लाख ८५ हजार ८९२ केजी तरकारी बजारमा भित्रिएको थियो ।

यो तथ्याङ्क हेर्दा तरकारीको आयात २४ प्रतिशतले बढेको देखिन्छ तर यो वर्ष भने चार प्रतिशत मात्रै आपूर्ति बढेकाले भाउमा असर परेको हो । तरकारीको माग प्रत्येक वर्ष १५ देखि २० प्रतिशतले बढेको समितिले जानकारी दिएको छ । मागअनुसार आपूर्ति नहँुदा भाउमा असर परेको हो । गोरखापत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्