RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१८ गते
४९८ पटक

सल्यान : सल्यानमा यात्रुवाहक बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको छ। नेपालगञ्जबाट रुकुम चौरजहारी जाँदै गरेको ना ४ ख ६७१५ नम्बरको बस जिल्लाको कुमाख गाउँपालिका-१, खारखोलामा बुधबार साँझ दुर्घटना भएको थियो।

दुर्घटनामा परि घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने १० जनाको रुकुम चौरजहारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन्‌।

घाइते हुनेमा बाँके कोहलपुर नगरपालिका-१२ का ३७ वर्षीया प्रेरणा कुमाई, रुकुम चौरजहारी नगरपालिका-८ का १८ वर्षीया सुनिता बुढाथोकी, सोही ठाउँकी ३२ वर्षीया पुनम विष्ट, ७२ वर्षीय नरक बुढा ६५ वर्षीया दुर्गा बुढा, कुमाख गाउँपालिका-१ का ३५ मान बहादुर बुढाथोकी र वडा नम्बर ४ की २८ वर्षीया कौशिला बस्नेत रहेका छन्।

यस्तै कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवी बुढाथोकी, ७० वर्षीया डम्मरकुमारी बुढाथोकी, ५० वर्षीया छायाँ शाही, १३ वर्षका उत्तम विसी, वडा नम्बर ५ की ४५ वर्षीया लालमती कुमाई, रुकुम चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साहुनी गोसाई, ४० वर्षका खड्कबहादुर गोसाई, ३६ वर्षीया गौशिला गोसाई र ६७ वर्षीया धनकला गोसाई रहेका छन्।

कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, १२ वर्षकी गीता विक, सल्यान बागचौर नगरपालिका-५ का ५३ वर्षीय प्रेम बहादुर पुन, ५० वर्षीया विर्मी पुन, कुमाख गाउँपालिका ४ का ११ वर्षीय सन्तोष बस्नेत, वडा न ५ की ६० वर्षीया तुल्सा शाही, ४४ वर्षका तेजबहादुर राना र ५८ वर्षीया टीकाकुमारी चन्द घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्