RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/१८ गते
७१७ पटक

धनगढी-कैलालीमा विवाहको गाडी दुर्घटना हुँदा दुलहा-दुलहीसहित १३ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परेको जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन्।

यस्तै दुर्घटनामा बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिश लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी घाइते भएका छन्।

कञ्चनपुरकै बेलौरी नगरपालिका–३ का २७ वर्षीय निर्मल चौधरी, २५ वर्षीया राधा चौधरी, दोगडाकेदार गाउँपालिका–६ बस्ने ५० वर्षीय लक्षी लुहार, पुनर्वास नगरपालिका–३ बस्ने २१ वर्षीय राजु कार्की र चालक पुनर्वास नगरपालिका–२ का बिरबहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्