RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२२ गते
६०४ पटक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालयसमसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाएको थापाले बताए ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा सर्वदलीय बैठक बोलाएका थिए ।

प्रतिकृया दिनुहोस्