RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२४ गते
११२८ पटक

उच्च् अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आलमलाई थुनामा राख्ने जिल्लाकै आदेशलाई सदर गरेको हो । अस्थायी इजलास वीरगगञ्जका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको संयुक्त इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा नै राख्ने रौतहट जिल्ला अदालतको आदेश सदर गरेको छ ।

२९ कात्तिकमा रौतहत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्लाको आदेशपछि आलम पूर्पक्षका लागि नख्खुस्थित कारागारमा छन् । उच्च सरकारी वकील कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै १ पुसमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगगञ्जमा निवेदन दर्ता गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्