RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२३ गते
४६० पटक

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा २३ जनाको निधन भएको छ । योसँगै देशभर हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १६ सय ३७ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घन्टामा १३ सय ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १६ सय २१ जनाले कोरोना जितेका छन् । हालसम्म देशमा कुल २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण भएको छ ।त्यसमध्ये २ लाख २९ हजार ५४ जनामा संक्रमण निको भएको छ ।

प्रतिकृया दिनुहोस्