RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२४ गते
२००० पटक

काठमाडौ । लामो समयको लकडाउन, कोरोनाको त्रासका बीचपनि सडक विभागले झण्डै ६० प्रतिशत आफ्नो लक्ष्य हाँसिल गरेको तथ्य एकातिर छ तर कामै भएको छैन भनेर केही सञ्चार माध्यमहरुले भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरी जनमानसमा भ्रम छर्न खोजेको पाइएको छ । कोभिड–१९ को त्रासपूर्ण यस्तो अवस्थामा सरकारले लिएका लक्ष्यहरु पूरा गराउन विभागका महानिर्देशक केशवकुमार शर्मा हर हमेशा फिल्डमा खटिईरहनुभएको छ ।
महानिर्देशक शर्माले गरेका अनुमगनका सन्दर्भमा दिएका निर्देशनहरु सुन्ने हो भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको लक्ष्य पुरा गराउन हामी सबै एक भएर लाग्नुको विकल्प छैन भन्दै आफ्नो टिमलाई इमान्दारिपूर्वक परिचालन गर्नुभएको सबैको सामू प्रष्ट छ । स्वच्छ छविका महानिर्देशक शर्माले ढिला सुस्ती काम गर्ने कन्ट्रक्सन कम्पनीहरुलाई व्याक लिष्टमा मात्र राखेनन् शसक्त रुपमा कारबाहीमा उत्रनुभएको छ । उपत्यकाका सडकहरु देखि लिएर भित्री बाटाहरु समेत चिल्ला र फराकिला बन्दै गएको छ भने सुविधा सम्पन्न सडकको उपभोग गर्न जनताले पाएका छन् । झट्ट हेर्दा लाग्छ, यतिबेला उपत्यकाका सडकहरु हेर्दा विकसित मुलुककै झल्को दिने गर्दछ । तर यस्तो यथार्थका बाबजूत केही कालो सुचीमा निर्माण कम्पनी र केही माफियाहरुको इसारामा मिडियालाई परिचालन गरि सत्यलाई ढाकछोप गर्ने प्रयास भएको छ ।

केही समय अघिसम्म उपत्यकाका अधिकांश सडकहरु जिर्ण अवस्थामा रहेको हामी सबैलाई अवगत नै छ । छोटो समयमा सडक विभागले आफ्ना सम्पूर्ण जनशक्तिलाई केन्द्रित गराई विभागका महानिर्देशक केशवकुमार शर्माको सक्रियताको कारण उपत्यकाका सडकहरु चिल्ला र हिड्न लायक भएको घामजत्तिकै छर्लङ्ग छ । धुलाम्ये र खाल्डाखुल्डीका कारण मानवीय स्वास्थ्यमा परेको प्रभाव यतिबेला सम्झने हो भने कहालीलाग्दो अवस्था हामीले भोगेकै हो । पछिल्लो समय देशभरका धेरै योजनाहरु विभागकै सक्रियताका कारण अगाडि बढिरहेको यथार्थ एकातिर छ, तर कतिय सञ्चारमाध्यमहरुले सत्यताको गहिराई नगई हचुवाको भरमा समाचार सम्प्रेषणको विषयलाई पनि टिका टिप्पणीको विषय बनाएका छन् ।
केही सञ्चार माध्यमहरुले विभाग र विभागका महानिर्देशक केशवकुमार शर्माको नाम र फोटो जोडेर विभिन्न खाले समाचारहरु धाराबाहिक रुपमा सम्प्रेषण हुन थालेपछि सूर्यविनायक नगरपालिकाका बासिन्दा सुरज पुरीले दुःख व्यक्त गर्दै मिडियाले सत्य कुरा नबोल कुलमान घिसिङको पक्षमा जस्तै केशवकुमार शर्माको पक्षमा पनि सडकमा आउने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्