RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२६ गते
९३० पटक

काठमाडौं। सरकारले कर्मचारी बढुवामा मात्र होइन, पदस्थापनामा समेत अन्याय गर्दै आएको देखिएको छ। १६ दिन अघि सहसचिवबाट सचिवमा बढुवा भएका सुरेश आचार्यले अझैसम्म जिम्मेवारी पाएका छैनन। उनलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समुह (जगेडा)मा राखिएको छ।

तर उनकोलागि बस्ने कुर्सिको समेत व्यवस्था छैन। अहिले उनको काम प्रधानमन्त्री कार्यालयमा जाने र हाजिरी गर्ने मात्र हो। उनलाई प्रधानमन्त्री कार्यालयमा बस्ने कुर्सिसमेत दिइएको छैन । जब कि, उनीसँगै बढुवा भएका योगेन्द्र कार्कीलाई तुुरुन्तै कृषी मन्त्रालयमा पदस्थापना गरिएको थियो। गोकर्णमणि दवाडीलाई भने ३ दिन अघि सरकारले प्रदेश २को मुख्यमन्त्री कार्यालयमा पदस्थापना गरेको छ । तर कार्की र दवाडीसँगै बढुवा भएका आचार्यको हकमा भने अहिलेसम्म पदस्थापना गरिएको छैन।

जब कि, उनकोलागि उपयुक्त हुने ३ ठाउँमा सचिव पद हाल खाली छ । १६ दिन अघि आचार्य इञ्जिनियरिङ (प्राविधिक) समुहबाट सचिव पदमा बढुवा भएका हुन्। हाल प्राविधिक समुहमा पुनर्निमाण प्राधिकरण, सूचना आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा १-१ वटा सचिव पद खाली छ । तर सरकारले उनलाई पदस्थापना नगरी जगेडामा राखेको छ।

उनी बढुवामै अन्यामा परेका हुन् । बढुवा समितिले १६ महिना अघि नै उनलाई सहसचिवबाट सचिव पदमा बढुवा गर्न सिफारिश गरेको थियो । तर १६ महिना पछि दोश्रो सिफारिश पछि मात्र उनको बढुवा गरिएको थियो । यसअघि उनी पर्यटन मन्त्रालयमा कार्यरत थिए । बढुवा समितिले ६ पटक सिफारिश गरे पछि मात्र बढुवा भएका दवाडीलाई सरकारले दुई नम्बर प्रदेशमा पदस्थापना गरेको छ । दवाडीका ठाउँमा हाल कार्यरत अर्जुन पोखरेललाई सरकारले प्रधानमन्त्री कार्यालयमा ल्याएको छ । दुई नम्बर प्रदेशमा कर्मचारीहरु सकेसम्म जान चाहन्नन् । गए पनि तुरुन्तै सरुवा मिलाएर अन्य ठाउँमा जाने गर्छन।

खासगरी डेमोक्रेट भनिएका कर्मचारीहरुलाई सरकारले छानी छानी प्रदेश २ या कर्णाली प्रदेशमा पठाउने गरेको छ। डेमोक्रेट भनेर चिनिएका सहसचिव भुपाल बराललाई पनि सरकारले प्रदेश २ मा पठाएको छ। बराल हाल मुख्यमन्त्री कार्यालयमा कार्यरत छन्। उनी लामो समयसम्म प्रदेश २मा बसेका छन्। दवाडी पनि डेमोक्रेट भनेर चिनिएका छन्।

त्यसैले उनी माथि अन्याय गरिएको दवाडी निकट कर्मचारीहरु बताउँछन्। प्रशासन समुहमा सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो पदस्थापना काठमाडौ बाहिर हुने गरेको छ। यो परम्परा नै भएको छ। प्राविधिक समुहका कर्मचारीलाई भने काठमााडौं बाहिर जानु पर्दैन । तर पहुँच भयो प्रशासन समुहका कर्मचारीलाई पनि सचिवमा बढुवा भए पछि काठमाडौं बाहिर जान पर्दैन। यसअघि रामशरण पुडासैनी, सूर्य गौतम र मधु मरासिनीले यस कुरालाई पुष्टि गरिसकेका छन्।

सहसचिवबाट सचिवमा बढवा भएर पनि उनीहरु काठमाडौं बाहिर जानु परेन । उनीहरुको पहिलो पोष्टिङ काठमाडौमै भयो। पुडासैनी हाल राजस्व सचिव, मरासिनी महालेखा नियन्त्रकको कार्यालय तथा सूर्य गौतम सार्वजनिक खरिद अनुगमन कार्यलयमा कार्यरत छन्।

प्रतिकृया दिनुहोस्