धादिङ, पुस ४ नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिने छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन नसकेको आयोजनाले जनाएको छ । सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकाले अब छिट्टै सुरुङ खन्न सुरु गरिने आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् ।
आयोजनाका बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उपमहानिर्देशक अर्जुनजङ्ग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले यसै साता आयोजना स्थल पुगेर निरीक्षण गर्नुभएको थियो ।
काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाइ २.५ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमी कम हुनेछ ।
सुरुङ मार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट
बर्मामा सैन्य ‘कू’ : आङ सान सू की र राष्ट्रपतिसहित अन्य नेताहरु गिरफ्तार
म्यानमार : बर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित सहित अन्य नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल...
माघ १९, २०७७बन्द–हडताल नगर्न निजी क्षेत्रको अपिल
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बन्द हडताल रोक्न आग्रह गरेका छन् ।...
माघ २२, २०७७मोबाइलको दुरुपयोग अभिशाप
काठमाडौँ, आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको...
माघ २४, २०७७कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
काठमाडाैँ । प्रदेश नम्बर २ को सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ । प्रदेश...
माघ २९, २०७७उपराष्ट्रपतिद्वारा ‘विवादास्पद’ अभिव्यक्ति
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्।...
फागुन ६, २०७७आफ्नो सेवासुविधा आफैँ तोक्छन् स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी : एक लाखदेखि चार लाखसम्म मासिक तलबभत्ता
शैक्षिक कार्यक्रममा एकरूपता ल्याउन तथा आर्थिक भार कम गर्न सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्ले...
माघ २३, २०७७देशकै पहिलो चार सय केभी सबस्टेसन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन्...
माघ २०, २०७७