नेपाल निर्माण व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा एवं निर्वाचनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवं वस्तुगत तर्फका कार्यकारिणी समितिका सदस्यहरुलाई सम्मान गरेको छ ।
काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका समस्याप्रति राज्य र निजी क्षेत्रले चासो नदेखाएको बताए । उनले उद्योग वाणिज्य महासंघको विगतको नेतृत्वले निर्माण व्यवसायीका समस्याहरु समाधान गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष सिंहले अब त्यस्तो परिस्थिति नदोहोरिने विश्वास व्यक्त गरे । सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने अध्यक्ष सिंहले बताए । “हामीमाथि चारैतिरबाट औला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरुबीच सहकार्यको विकल्प छैन” अध्यक्ष सिंहले भने ।
सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थअनुसार प्रयोग मात्र गर्दै आएको उनले बताए । कोभिड–१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक–पटक पत्रचार गर्दा पनि कुनै सुनुवाई नभएको सिंहले बताए । निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्नुपर्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए । निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको भन्दै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघ जस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए ।
महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको भन्दै उनले आवश्यक सुझाव दिन पनि आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धर्मराउँदो निजी क्षेत्रलाई सम्हाल्ने दिशामा उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वबाट आफू अत्यन्त आशावादी रहेको बताए । विकास बजेटको सबैभन्दा बढी भार बोक्ने क्षेत्र निर्माण व्यवसाय नै रहेको भन्दै उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८ लाख बढीलाई निर्माण व्यवसयाले नै रोजगारी दिएको बताए । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण क्षेत्रको भूमिका अपरिहार्य रहेको उनले दावी गरे । कारोबार दैनिकबाट
सरकार र विप्लव समूहबीचको वार्ताले कालीकोटवासी उत्साहित
सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि कालीकोटवासी उत्साहित भएका छन् । विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित...
फागुन २१, २०७७प्रदेश २ का मुख्यमन्त्रीमार्फत् तराई मधेशमा प्रधामन्त्रीको सन्देश– केपी ओलीलाई पस्न नदिए हुन्छ, पानी पस्न नरोक्नु
काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको आज सिन्धुलीमा शिलान्यास गर्दै उनले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबहादुर राउतमार्फत् तराई/मधेशमा...
फागुन २०, २०७७कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न
बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ । बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन...
फागुन १७, २०७७नेकपाले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन गर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ । विप्लव समुहसँग तीन बुँदे सहमतिपत्र हस्ताक्षर...
फागुन २१, २०७७पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
काठमाडौँ, पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।...
फागुन २०, २०७७हिम्मत भए विधि र प्रक्रियाबाट आफुलाई हटाउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको चुनौति
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विधि र प्रक्रियाबाट हटाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई चुनौति दिनु भएको छ ।...
फागुन १७, २०७७प्रधानमन्त्री र विप्लवले शुक्रवार दुई बजे सहमति पत्रमा हस्ताक्षर गर्ने, राष्ट्रिय सभागृहमा सम्बोधन
काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।...
फागुन २०, २०७७