RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/५ गते
५७४ पटक

सर्वोच्व अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना शुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ ।

निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।

प्रगतिशील समूहमा उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव अञ्जिता खनाल, सहसचिव शोभा कार्की, कोषाध्यक्ष श्यामकुमार खत्री, महिला सदस्यमा देवी रेग्मी रहनुभएको छ । त्यस्तै, खुल्ला सदस्यहरुमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविराल घिमिरे, लेखनाथ भट्टराई र दिलकमारी राई रहनुभएको छ ।

त्यस्तै, प्रजातान्त्रिक समूहमा उपाध्यक्ष नवराज रिजाल, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल रहनुभएको छ । सदस्यहरुमा विजयकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी रहनुभएको छ ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रुपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ । उक्त बारमा सदस्य जम्मा ६०५ जना कानूनी व्यवसायी मतदान गर्दै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्