RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
८१८ पटक

काठमाडौं । सरकारका विभिन्न निकायद्वारा सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति अझै रोकिन सकेको छैन । सरकारबाट प्रभावकारी अनुगमन हुन नसक्दा र ठेकेदार कम्पनीहरूले इमानदारीपूर्वक काम नगर्दा अधिकांश विकास आयोजना गुणस्तरयुक्त बन्न नसकेका हुन् ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सरकारका राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाको प्राविधिक परीक्षण गर्दा अधिकांशमा गम्भीर त्रृटि र लापर्बाही भएको फेला पारेको हो । यस्तै, लापर्बाहीका कारण आयोजना सम्पन्न भएको केही समयभित्रै भत्कने, चर्कने, तथा नष्ट भएर जाने समस्या देखिने गरेको सर्तकता केन्द्रका अधिकारीको भनाइ छ ।

सर्तकता केन्द्रले आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय गौरवका ११ वटा तथा सडक र ग्रामीण सडकअन्तर्गतका ६५ सहित १ सय ७ वटा आयोजनाको प्राविधिक परीक्षण गरेको थियो ।

प्राविधिक परीक्षण गर्दा अधिकांश आयोजनाले कम गुणस्तरयुक्त सामान प्रयोग गरेको, स्पेसिफिकेसनअनुसार काम नगरी लापर्बाही र त्रुटि गरेको ठहर केन्द्रका प्राविधिक परीक्षकले गरेका छन् ।

यसैगरी, आयोजनाले डिजाइन गर्दा प्रशस्त ध्यान दिन नसकेको, संरचनाको दिगोपनामा ध्यान दिन नसकेकोजस्ता समस्यासमेत देखिने गरेको केन्द्रले जनाएको छ ।नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्