RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/६ गते
५२९ पटक

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन्।

तर नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन्।‘संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले आइतबार बिहान फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गरेको र राष्ट्रपतिबाट अनुमोदन भएकोमा नेकपाभित्रैबाट विरोध भइरहेको छ। ताजा जनादेशका लागि भन्दै सरकारले वैशाखमा निर्वाचन गर्ने बताएको छ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्