एसियाली विकास बैंक (एडीबी)ले विमानस्थलहरुको स्तरोन्नतिका लागि १५० मिलियन डलर अर्थात साढे १७ अर्ब सहुलियत ऋण दिने भएको छ । यसका साथै एडीबीले नदीजन्य बाढी जोखिम व्यवस्थापनका लागि ४० मिलियन डलर सहुलियत ऋण र १० मिलियन डलर अनुदान उपलब्ध गराउने भएको छ ।
सहुलियत ऋण तथा अनुदान उपलब्ध गराउनेबारे अर्थ मन्त्रालय र एडीबीबीच सम्झौता भएको छ । सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट वैदेशिक महाशाखा प्रमुख एवं सह–सचिव श्रीकृष्ण नेपाल र एडीबीको तर्फबाट रुडी लोउईस हेन्डिकुस भेन डेलबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार १५० मिलियन डलरको सहुलियत ऋण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्यारलल ट्याक्सी वे एक्सटेन्सन हङ्गर एप्रोन, सोही विमानस्थलको अर्को चरणको डिजाइनका साथै निर्माणाधीन गौतमवुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा खर्च हुनेछ । यसैगरी १० मिलियन अनुदानसहितको ५० अर्ब ऋण सहुलियत ऋण भने नदीजन्य बाढी जोखिम व्यवस्थापन अन्तर्गत बाढी सुरक्षा पूर्वाधारको सुधार, बाढी प्रक्षेपण र जवाफदेहिता प्रणालीको प्रवद्र्धन तथा बाढी रोकथाम र तयारी व्यवस्थापन सुधारका लागि खर्च हुनेछ ।
सम्झौता हस्ताक्षरपछि सहसचिव नेपालले एडीबीको सहायताले नेपालको एयर स्पेश र बाढी सुरक्षा पुर्वाधारको क्षमता अभिवृद्धि भई राष्ट्रिय अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए । एडीबीका रुडी भेनले बाढी नियन्त्रण सम्बन्धी परियोजनाले जीवन सुरक्षा र विमानस्थलको सुधारले आर्थिक वृद्धिसँगै कनेक्टिीभीमा सुधार आउने बताए । कारोबार दैनिकबाट
कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न
बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ । बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन...
फागुन १७, २०७७हिम्मत भए विधि र प्रक्रियाबाट आफुलाई हटाउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको चुनौति
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विधि र प्रक्रियाबाट हटाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई चुनौति दिनु भएको छ ।...
फागुन १७, २०७७प्रधानमन्त्री ओली कार्यकर्तालाई उत्साही बनाउन पोखरा जाँदै
काठमाडौं । पछिल्लो समय निकै नै सार्वजनिक कार्यक्रममा सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोही क्रमलाई निरन्तरता दिन सोमबार पोखरा...
फागुन १७, २०७७पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
काठमाडौँ, पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।...
फागुन २०, २०७७प्रधानमन्त्री र विप्लवले शुक्रवार दुई बजे सहमति पत्रमा हस्ताक्षर गर्ने, राष्ट्रिय सभागृहमा सम्बोधन
काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सहमति पत्रमा हस्ताक्षर हुने भएको छ ।...
फागुन २०, २०७७सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थामार्फत उपलब्ध गराउन माग
सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले आग्रह गरेको छ । संघका अध्यक्ष जगत पोखरेल नेतृत्वको...
फागुन २०, २०७७सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति
सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको...
फागुन २०, २०७७