RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/११ गते
५७८ पटक

११ पुस,  हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा लागेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले भनेका छन् ।

लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड-माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

प्रतिकृया दिनुहोस्