RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१३ गते
६१७ पटक

विराटनगर । सत्तारूढ नेकपाका दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव सामना गरेर अघि बढ्ने मुख्यमन्त्री राईले बताएका छन् ।

निवर्तमान आर्थिक, मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा बिहान १०ः४३ बजे अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्रीका लागि प्रदेशसभा सदस्य भीम आचार्यलाई प्रस्ताव गरेको छ । उनको प्रस्तावकमा आङ्बो र समर्थकमा लछुमन तिवारी छन् । आचार्य पार्टीको संसदीय दलका नेताको निर्वाचनमा मुख्यमन्त्री राईसग दुई मतले पराजित भएका थिए । आचार्यले २४ मत ल्याएर पराजय बेहोरेका थिए भने मुख्यमन्त्री राई २६ मत ल्याएर विजय भएका थिए । १ मत बदर भएको थियो ।

उनीहरूले सभामुख प्रदीपकुमार भण्डारीलाई पनि अविश्वासको प्रस्ताव बुझाए । आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पारित गराउन आपूmहरूसग बहुमत प्रदेशसभा सदस्य रहेको दाबी गरे । ‘मुख्यमन्त्रीज्यूले मन्त्री पदबाट हटाएर तर्साउन थालेकाले तत्काल प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हौं,’ उनले भने, ‘पहाडी तथा हिमाली क्षेत्रका धेरै प्रदेशसभा सदस्यको हस्ताक्षर हुन अहिले बाकी नै छ ।’

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, राजकुमार ओझा, तेजमान कन्दङबा, पदमकुमारी गुरुङ, राजन राई, गुलेफुन खातुन र कृष्णकुमारी राईको हस्ताक्षर हुन बाकी रहेको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरूको भनाइ छ । उनले अविश्वासको प्रस्ताव पारित गराउन अन्य दलका प्रदेशसभा सदस्य आवश्यक नपर्ने दाबी गरे ।

राजधानी दैनिकबाट……….

प्रतिकृया दिनुहोस्