RaraNews

एजेन्सी प्रकाशित : २०७७/९/१६ गते
६६५ पटक

एजेन्सी काठमाडौं । यमनको दक्षिण शहर अदनको विमानस्थलमा भयानक बिष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । सुरक्षा अधिकारीका अनुसार नयाँ सरकारको सदस्य लिएर आएको विमान साउदी अरबबाट विमानस्थल पुग्ने बित्तिकै बिष्फोट भएको हो ।

मारिएकामा सहायक कर्मचारी र अधिकारी समावेश छन् । प्रधानमनत्रीले आफू र आफ्नो मन्त्रीमण्डल ठिक भएको बताएका छन् । सूचनामन्त्रीले हूती विद्रोहीमाथि आरोप लगाउँदै यो हमलालाई एक कायरतापूर्ण चरमपन्थी हमला बताएका छन् । मन्त्री इरियानीले ट्वीट गरे, ‘हामी आफ्ना मानिसहरुलाई आश्वस्त गर्न चाहन्छौं कि मन्त्रीमण्डलका सबै मन्त्र सुरक्षित छन् र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीको कायरतापूर्ण चरमपन्थी हमला हाम्रो जिम्मेवारीलाई भट्काउन सक्ने छैन र हाम्रो जीवन अन्य यमनीको तुलनामा धेरै मूल्यवान् पनि छैन । अल्लाहले मारिएका मानिसहरुलाई शान्ति प्रदान गरुन् र म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’

यमन सन् २०१५ देखि सुरु भएको गृहयुद्ध पछि बर्बादीको स्थितीमा पुगेको छ । हूती विद्रोहीले देशको धेरैजसो पश्चिमी भागमा नियन्त्रण गरेपछि र साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बू मंसूर हादी देश छोडेर भाग्न बाध्य बनाइएपछि साउदी अरबको नेतृत्व भएको सैन्य गठबन्धनले यमको युद्धमा हस्तक्षेप गरेको थियो । त्यसपछि लगातार यमनको स्थिती बिग्रँदो स्थितीमा छ ।

यो लडाईंका कारण हालसम्म १ लाख १० हजार बढीको मृत्यु भइसकेको छ । यसबाहेक दशौं हजार नागरिकको मृत्यु यस्तो कारणले भएको छ जसलाई रोक्न सकिन्थ्यो । यसमा कुपोषण, रोग र भोकमरी समावेश छ । बुधबारको यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक घातक बिस्फोट स्पष्ट रुपमा देख्न सकिन्छ । यो बिस्फोट हुनु केही मिनेट अघि मात्रै मन्त्रीमण्डलका सदस्य हवाई जहाजबाट उत्रिएका थिए ।

प्रतिकृया दिनुहोस्