RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
१९२८ पटक

बर्लिन-मानिस वा कुनै जीवजन्तु अर्थात् सजीव वस्तुसँग कुनै व्यक्तिको प्रेम हुनु सामान्य कुरा हो, तर निर्जीव वस्तुसँग पनि कसैको प्रेम हुनु विलकुल अचम्मको कुरा हो ।
तर, जर्मनीको राजधानी बर्लिनमा केही यस्तै घटना भएको छ । ३० वर्षीय एक महिलाको ६ वर्ष पहिलेदेखि बोइङ ७३७–८०० विमानसँग प्रेम भयो र उनी आगामी महिना अर्थात् मार्चमा यो जहाजसँग विवाह गर्दैछिन् । यो अचम्मको विवाह नेदरल्यान्डको राजधानी एम्स्टर्डमा हुनेछ ।

केटीको नाम मिशेल कोबके हो । मिडिया रिपोर्टका अनुसार मिशेलले पहिलो पटक यो बोइङ विमानलाई २०१४ को मार्चमा टेगल एयरपोर्टमा देखेकी थिइन र पहिलो हेराइमै उनलाई यो विमानसँग प्रेम भएको थियो ।

उनलाई हवाईजहाजको पंखा, विङलेट र थ्रस्टर्स धेरै राम्रो लाग्थ्यो । मिशेल हवाईजहाजलाई मायाले सात्स भन्ने गरेकी छन् । जर्मन भाषामा सात्सको अर्थ प्रिय हुन्छ । उनले सात्सलाई आफ्नो पहिलो प्रेम भएको बताएकी छन् ।

यद्यपि उनी २०११ मा एक व्यक्तिसँगको रिलेसनसिपमा रहँदै आएकी थिइन्, तर उक्त सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।
मिशेल पेसाले एक सेल्स वुमन हुन् । उनी धेरैजसो आफ्नो प्रेम अर्थात् विमान हेर्नका लागि एयरपोर्ट जाने गरेकी छन् । उनले विमानको एक मोडल पनि किनेकी छिन् र उनी सधैं यसलाई आपूmसँगै राख्ने गर्छिन् ।

मिशेलको यो अचम्मको प्रेमका बारेमा उनको परिवारलाई पनि थाहा छ र उनीहरूलाई यसबाट कुनै समस्या छैन । मिशेलका केही साथीका अनुसार उनको हवाईजहाजसँगको प्रेम डिसअर्डर अर्थात् विकार हो ।

यस किसिमको डिसअर्डरमा मानिसलाई कुनै निर्जीव वस्तुसँग प्रेम हुन्छ । यो डिसअर्डरलाई अब्जेक्टोफिलिया भनिन्छ । यसको विपरीत मिशेलले हवाईजहाजको पार्ट्स जम्मा गर्नु उनको सोख रहेको बताएकी छन् । उनी पछि गएर बोइङ विमानको मेकानिक बन्न चाहन्छिन् । आजको कारोबारमा खबर छ …

प्रतिकृया दिनुहोस्