RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२७ गते
९८४ पटक

सरकारका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीको हात बाधेर धारिलो हतियार प्रहार भएको खुलेको छ । प्रारम्भिक अनुसन्धान अनुसार टाउकोमा गम्भीर चोट लागेकी कार्कीको हात बाधेको र घाटीमा निलडाम देखिएको हो ।

अस्पताल स्रोतका अनुसार अचेत अवस्थामा अस्पताल पुर्‍याइएकी मुनाको हातमा डोरी बाँधिएको र घाँटीमा डाम देखिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार मुनाको निधारमा कुनै गह्रंगो वस्तुले प्रहार गरेजस्तो देखिन्छ ।

‘प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ’, स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् ।

यो घटना भान्साकोठामा भएको थियो  प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गएर डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

सानेपा हाइट घर भएका पूर्व सचिव कार्की सोमवार पशुपति दर्शन गर्न गएका बेला उनकी श्रीमती मुनाको सानेपा हाइटस्थित घरमा हत्या भएको थियो । मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए ।

प्रतिकृया दिनुहोस्