RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
७९५ पटक

माघ २८, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको कसरतबारे गच्छदारले सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा ब्रिफिङ गरेका हुन् ।

बैठकको सुरुवातमै ‘उपसभापति गच्छदारजीलाई आफ्नो कुरा राख्न एक घन्टाको समय दिन्छु’ भन्दै सभापति शेरबहादुर देउवाले समय दिए ।

दुई घन्टाको समयावधिमा गच्छदारले आफूलाई मुद्दा लाग्ने गरी अनुसन्धान अघि बढेदेखि नै उच्च राजनीतिक नेतृत्वसँग संवाद गरेको खुलाए । उनले कम्युनिस्ट सरकारले अन्ततः मुद्दा लगाएरै छोडेको बताए । बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान अघि बढ्ने र बयानसमेत सकिएदेखि नै उच्च नेतृत्वसँग भेटेरै मुद्दा नलगाइदिन आफूले बारम्बार आग्रह गरेको गच्छदारले बैठकमा सुनाए ।

अख्तियारले मुद्दा दर्ता गरेको २२ माघको दिनसमेत अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभापति शेरबहादुर देउवालाई भेटेरै मुद्दा नलगाइदिन आग्रह गरेको उनले बताए ।

। राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, सुवास नेम्वाङसहितका उच्च राजनीतिक नेतृत्वसँग भेट गरेँ,’ केन्द्रीय कार्यसमिति बैठकमा गच्छदारको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, बालुवाटार परिसर र बाटोलाई व्यवस्थित गर्नका लागि प्रधानमन्त्रीले भनेअनुसारकै मास्टर प्लान ल्याएको हो । मेरो योजना होइन । अन्ततः मलाई फसाए, मेरो दोष छैन ।’

प्रतिकृया दिनुहोस्