RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
७८५ पटक

साँझ ५ः३० बजेसम्मको मत गणनामा आपले कुल ७० सीटको विधान सभामा ३४ सीटमा जीत निकालेको छ भने २९ सीटमा अग्रता कायम गरेको छ ।

केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा यस पहिलेको तुलनामा जनमत जम्मा गरेको देखिएपनि निर्वाचनमा धेरै सीट विजय गर्न भने नसक्ने देखिएको छ ।

दिल्ली विधान सभामा भारतीय कङ्ग्रेसले प्रारम्भिक मतगणनामा एक दुई स्थानमा अग्रता कायम गरे पनि दिन ढल्दै जाँदा उसलाई अन्य दलले पछाडि पारिदिएका छन् । कङ्ग्रेसले दिल्लीमा सन् २०१३ पूर्व लामो समयसम्म आफ्नो नेतृत्वमा सत्ता चलाएको थियो ।

आपले निर्वाचनमा दोहोराएर विशाल विजय निकाल्ने देखिएपछि देशका विभिन्न राजनीतिक नेताहरूले नेता अरविन्द केजरीवाललाई वधाई सन्देशहरू आउन थालेको छन् ।

केजरीवाललाई वधाई दिँदै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, ‘अरविन्द केजरीवाललाई धेरै धेरै वधाई ! अहिले भारतीय जनता रोटी,कपडा र वास (घर) चाहान्छन् । प्रवृत्ति एकदमै स्पष्ट छ कि राजनीतिमा छलकपटले काम गर्दैन ।’

त्यस्तै केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि केजरीवाललाई उनको पार्टीको शानदार विजयका लागि वधाई दिएका छन् । ‘अरविन्द केजरीवाल र आमदमी पार्टीलाई दिल्ली चुनावमा ठूलो जीतको लागि वधाई छ । यो जीत हाम्रो देशको जन–समर्थक र समावेशी राजनीतिको लागि आश्रयस्थल होस् ।’

द्रविदा मुन्नेत्र काझागम (डीएमके)का नेता एमके स्टालिनले ट्वीटर सन्देशमा मार्फत भन्नुभएको छ, ‘अरविन्द केजरीवाल र आम आदमी पार्टीलाई पुनः दिल्लीमा सरकार गठन गर्न पाएको वृहत जनादेशको लागि बधाई छ । विकासले साम्प्रदायिक राजनीतिलाई बिगार्न सक्छ भन्ने कुरा स्पष्ट छ । संघीय अधिकार र क्षेत्रीय चाहनालाई हाम्रो देशको हितमा सुदृढ बनाउनुपर्दछ ।’

समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले दिल्ली निर्वाचन परिणामबारे पत्रकारहरूसँग कुराकानी गर्दै भने ‘दिल्ली चुनावको नतीजाले देशभर सन्देश पठाउनेछ कि किसान, गरिब र युवाले विकास र समृद्धिलाई मतदान गर्छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्