RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२९ गते
१७५१ पटक

ठमाडौं । । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आईसीसी मेन्स क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले नेपालले ३६ रनको झिनो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५.२ ओभरमा लक्ष्य भेटाएको हो ।

त्यस क्रममा नेपालले २ विकेट गुमाएको थियो । पारस खड्का र दीपेन्द्रसिंह ऐरीले नटआउट २० र १५ रनको योगदान दिए । ज्ञानेन्द्र मल्ल १ रन बनाएर आउट भएका थिए । सुवास खकुरेल रनै नबनाई आउट भए । अमेरिकाका नोसथस केन्जिगले दुई विकेट लिएका थिए । नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिका १२ ओभर खेल्दै ३५ रनमा अलआउट भएको थियो ।

प्रतिकृया दिनुहोस्