RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२ गते
१९४१ पटक

काठमाडौँ, फागुन २ गते । केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो ।

गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ । त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो ।

भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार बजारमा अहिले औसतमा दैनिक ६०÷६५ टन प्याज भित्रिएको छ । उपत्यकाको बजारमा दैनिक १२० टन प्याज माग छ । सो समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा प्याजको आयात बढेसँगै क्रमशः भाउ सस्तो भएको जानकारी दिनुभयो ।

उहाँले बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमी र क्रमशः अझै घट्ने बताउनुभयो । उपत्यकाको बजारमा खपत हुने प्याजको परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँ बराबरको प्याज आयात भएको थियो ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य अत्यधिक बढेको थियो । भारतबाट आयात गर्ने गरिएको छ, भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो …गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्