RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/७ गते
७५३ पटक

काठमाडौं । चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।
नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।
उनीहरूको ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् ।
यद्यपि, रिपोर्टको सबै नतिजा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार संकलन गरिएको रिपोर्टको सबैको नतिजा आज बुधबार सार्वजनिक गरिँदै छ । उनले भनिन्, तथ्यांकगत रूपमा भन्न मिल्दैन । आज (बुधबार) सार्वजनिक हुन्छ ।’
स्रोतका अनुसार संकलन गरिएको नतिजामा परीक्षण गरिएका ७० प्रतिशत बढीको नतिजा नेगेटिभ आएको देखिन्छ । सबै परीक्षणको नतिजा आइसकेपछि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने तयारी छ ।

नमुना संकलनका लागि सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. शाहसहितको टोली पुगेको थियो । टिममा भाइरोलोजिस्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, सुनी डंगोल, माइक्रोबायोलोजिस्ट स्विटी उपाध्याय, मेडिकल ल्याब टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए ।
यस्तै, ल्याब टेक्निसियन अविना ओझा, विनिता महर्जन, अर्जुन चौधरीसमेत खटिएका थिए । टिमको समन्वय गर्ने जिम्मा प्रयोगशालाका निर्देशक डा. रुना झाले गरेकी थिइन् ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्