RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/८ गते
१२५७ पटक

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिंचाइ र कृषि मन्त्रालयबीच एकीकृत र बहुउद्देश्यीय आयोजना निर्माणमा मिलेर काम गर्नेबारे छलफल भएको छ। अन्तर मन्त्रालय समन्वयमार्फत सरकारका कामलाई प्रभावकारी बनाउने उद्देश्यले उर्जा, जलश्रोत र सिंचाइमन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसालसहित दुवै मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो।

उर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्रीद्वय पुन र भुसालले दुवै मन्त्रालयले गर्ने साझा प्रकृतिका काममा योजना निर्माणदेखि कार्यावयन चरणसम्म मिलेर काम गर्दा प्रभावकारी नतिजा आउने भन्दै सोहीअनुसार अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिए।

त्यस क्रममा मन्त्री पुनले कृषि उत्पादनको परम्परागत चरित्रमै बदलाब ल्याउन जरुरी रहेको र त्यसका लागि सिंचाइ आधारभूत सर्त भएकाले दुई मन्त्रालयबीच समन्वयमा काम गर्न जरुरी रहेको बताए। उनले आगामी बजेटमै एकीकृत कार्यक्रम समावेश गर्ने गरी तयारी गर्न मन्त्रालयका सचिव र सिंचाइ विभागका महानिर्देशकलाई निर्देशन दिए।

‘कृषि उत्पादनको परम्परागत चरित्र बदल्ने गरी काम गर्न जरुरी छ’, मन्त्री पुनले भने, ‘बजेट र कार्यक्रममा साझा कार्यक्रम राखौं, त्यसका लागि अहिल्यैदेखि तयारी गरौं ।’ कृषिमन्त्री भुषालले कृषिको सुरु नै बिऊ र सिंचाइबाट हुने भन्दै सिंचाइ बिना कृषिको परिकल्पना गर्न नसकिने भएकाले अन्तर मन्त्रालय समन्वय जरुरी हरेको औंल्याए। अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्