RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/११ गते
८७७ पटक

काठमाडौं : जोरपाटी निवासी ओखलढुंगाका डिल्लीबहादुर रोक्का क्षेत्रीले महाशिवरात्रिमा २५ वर्षपछि पशुपतिनाथ मन्दिरमा सहज रूपमा दर्शन गर्न पाए। ‘पहिला हामीलाई हुत्याउँथे, लडाइदिएको अनुभव पनि छ’, पोलियोका कारण दुवै खुट्टा घिसार्दै पशुपति आएका ५० वर्षीय क्षेत्रीले भने, ‘पहिलो पटक धेरै कुरामा व्यवस्थित भएको पाएँ।’

पाशुपत क्षेत्रको बाहिरी मात्र होइन, मन्दिर परिसर पनि यसपटक व्यवस्थित देखिन्थ्यो। विगतमा पश्चिम ढोकाबाटै छिर्ने भेटिन्थे, यसपटक बाहिरिनेलाई पनि प्रहरी र स्काउट टोलीले दुवैतर्फ लाइन लागेर परसम्म निगरानी गरिरहेका थिए।

भक्तजन जुन लाइनबाट मन्दिर पुग्थे उही लाइनबाट फर्किने व्यवस्था थियो। ‘विगतमा पहुँचवाला र चलाख व्यक्तिले घुसघास र शक्ति देखाएर लाइनबिनै मन्दिर पसी दिनभर भीडभाड गर्थे’, पशुपति क्षेत्र विकास कोषका कर्मचारी गोकर्णप्रसाद पौडेलले भने, ‘२७ वर्षका शिवरात्रिमा यत्तिको व्यवस्थित कहिल्यै महसुस भएन।’अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्