RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/११ गते
१०४३ पटक

सुर्खेत । कर्णालीका तीन नदीबाट साढे चौध हजार मोगावाट विद्युत् उत्पादन गर्न सकिने एक अध्यन अध्यन प्रतिवेदनले देखाएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघको तथ्याङ्क अनुसार कर्णालीका ठूला नदी भेरी, बबई सारदा र कर्णाली नदीबाट साढे चौध हजार विद्युत् उत्पादन हुने ‘नेपालको जलविद्युत् सम्बन्धी सम्बन्धी विस्तृत अध्ययन’ मा उल्लेख गरिएको छ ।

भेरी नदीबाट चार हजार छ सय ५.६१, बबई सारदाबाट एक सय ६२.४३ र कर्णाली नदीबाट नौ हजार सात सय ९६.२७ मेगावाट बिद्युत् उत्पादन गर्न सकिने तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कर्णालीका ठुला नदी भेरी, बबई सारदा र कर्णाली नदीबाट विद्युत् निकाल्न सकिने हामीले अध्यनका क्रममा पाएको जलस्रोत विज्ञ डा. हरिमान श्रेष्ठले बताए । ‘फिल्डमा आएर यो प्रतिवेदन तयार पारिएको थियो ।’ उनले भने,‘यो अध्यायन पूर्ण नहुन पनि सक्छ ।’

विद्युत् उत्पादन क्षेत्रका विषयमा अध्यन गर्ने टोली साना नदीको अध्यन नगरेको ठूला नदी बेसिन रहेर विद्युत् उत्पादन क्षमताका विषयमा अध्यायन गरिएको डा.श्रेष्ठले बताए । ‘साना नदी र लघु जलविद्युत् आयोजनाका विषय यो प्रतिवेदनमा समेटिएको छैन् ।’ उनले भने,‘सबै समेटियो भने अझैँ बढी उत्पादन क्षमता रहेको हुनसक्छ ।’
कर्णालीमा जलविद्युत्को सम्भावना धेरै भएको त्यसका लागि लगानीको आवश्यकता रहेकोको डा. श्रेष्ठले बताए । ‘अहिले कर्णालीमा जलविद्युत् लगानीको कमी रहेको छ ।’ उनले भने,‘संम्भावना देखायो भने भोलि सबैले लगानी गर्न तयार हुन्छन् ।’ कर्णालीमा विद्युत् उत्पादनको क्षमता धेरै भएपनि अहिले कर्णालीका केही जलविद्युत् आयोजनाको काम अगाडि बढेको छ ।

कर्णाली उज्यालो कार्यक्रमका दुई आयोजनाका बोलपत्र आह्वान

कर्णाली प्रदेश सरकारले ‘कर्णाली उज्यालो कार्यक्रम’ दुई वटा आयोजनाको बोलपत्र आह्वान गरेको छ । रूकुमपश्चिमको सिम्रतु र कालिकोटको दुर्सीखोला लघुजलविद्युत् आयोजनाका लागि बोलपत्रको आह्वान गरेको छ । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बोलपत्रको आह्वान गरेको छ ।

सिम्रतु लघ जलविद्युत् आयोजनाबाट रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–२ का १८ गाँउका आठ सय ६३ घरपरिवार र कालिकोटको दुर्सीखोलाबाट पलाँता गाउँपालिका ७ का १३ गाँउका एक हजार एक सय ५० घरधुरीलाई विद्युत्को पहुँचमा पुग्नेछ ।

रुकुम पश्चिमको सिम्रतु खोला लघु जलविद्युत् आयोजना दुई सय किलोवाट क्षमताको हो भने कालिकोटको दुर्सीखोला लघु जलविद्युत आयोजना एक सय किलोवाट क्षमताको रहेको छ ।

कर्णाली उज्यालो कार्यक्रमअन्र्तगत यी दुई आयोजनाको काम अगाडि बढाउनका लागि बोलपत्रको आह्वान गरिएको कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवत्ता केशव उपाध्यायले बताए । ‘कर्णाली उज्यालो कार्यक्रमको लागि बोलपत्र आह्वान गरिएको छ ।’ उनले भने,‘यी दुई आयोजना प्राराम्भिक चरणमा छनौट गरिएका छन् ।’

कर्णाली प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रमका लागि अन्य आयोजनाको कामलाई अगाडि बढाउनका लागि प्रारम्भिक अध्यायन शुरु गरेको प्रवत्ता उपाध्यायले बताए । ‘कार्यक्रमलाई द्रुत ढंगले अगाडि बढाएका छौं ।’ उनले भने,‘यसका लागि आयोजनाको अध्यन भइरहेको छ ।’ यी दुई आयोजनाको लागत रकम विषयमा भने अहिले बोलपत्र आह्वानमा गएका कारणले लागत विषयमा जानकारी दिन नमिल्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रममा नै ५० करोड नौ लाख रुपैयाँ विनियोजन गरेको थियो ।कर्णाली पत्र दैनिकबाट …

प्रतिकृया दिनुहोस्