RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
७८७ पटक

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरू त्रासमा बसिरहेका छन् । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत महामारीका रूप लिन थालेपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् । पछिल्लो तथ्यांकअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरियामा रहेका नेपालीले आफूहरू सुरक्षित तवरले बसिरहेको राजधानीसँग बताए । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । थेगु सहरमा तीन हजार बढी नेपाली बसोबास गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाका केही सार्वजनिक स्थान सुनसान बन्दै गएका छन् । त्यहाँको सरकारले सूचना प्रसारण गर्दै बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न र मिचेर हात धुन आह्वान गर्दै आएको छ ।राजधानी दैनिकबाट….

प्रतिकृया दिनुहोस्