RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१२ गते
१३१४ पटक

फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास अहिलेको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

राष्ट्रिय आकांक्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोेण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामथ्र्यका साथै इच्छाशक्ति समेत वर्तमान सरकारमा रहेको बताउनुभयो ।

‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।’

अहिले माक्र्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले माक्र्सवादले मानवीय आकांक्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताउनुभयो ।

‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संसदमा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउनेहरु योजनावद्ध रुपमा सक्रियता बढाइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्