RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१३ गते
८६८ पटक

काठमाडौं । देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको कारण नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।

त्यस्तै आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस्