RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१४ गते
७७२ पटक

काठमाडौँ । सीमा प्रहरी चौकी टिमुरेको कार्यालय परिसरभित्र केरुङबाट नेपाल आउदै गरेको ना.६ख. ४९३२ नं. को कन्टेनर चेकजाँच गर्ने क्रममा चालक फुर्वा पासाङबाट ४२२ ग्राम सुनलिई चालकलाई छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरी खाएको भन्दै आयोगले निलम्बन गर्न पत्राचार गरेको हो ।

आयोगबाट अनुसन्धान भइरहेको अवस्थामा संलग्न व्यक्तिहरु पदमा बहाल रही रहँदा आफ्नो बिरुद्दको प्रमाण लोप वा नास गर्न सक्ने वा अनुसन्धान तहकिकातमा बाधा पुर्‍याउन सक्ने देखिएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा(३) बमोजिम निलम्बनका लागि पठाईएको आयोगले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्