RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१६ गते
८५२ पटक

सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन सुरु गरेको हो ।

गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म  ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन सुरु गरेको हो ।

गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म  ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।उद्योगले हरेक १५-१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा २३ करोड र दोस्रोमा ३५ करोड गरी ५८ करोड रुपैयाँ भुक्तानी दिनुपर्नेमा हालसम्म ३५ करोड रुपैयाँ मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए ।

उनका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशंकर चिनी उद्योग हो ।गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम ६५.२८ का दरले हुनआउने २२ करोड ८३ लाख ७१ हजार ८६१.६ रुपैयाँ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशंकर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ ।

सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।आफूहरूले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ ।

आफूहरूले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २-३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत सुरु गरिएको उनले बताए । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्