RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१७ गते
१०७६ पटक

काठमाडौँ, फागुन १७ गते । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय गौरव लगायतका आयोजनाको प्राविधिक परीक्षण (टेक्निकल अडिट) सुरु गरेको छ । सरकारबाट सञ्चालित राष्ट्रिय गौरव लगायतका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको तथा कतिपय आयोजना गुणस्तरहीन भएको भन्दै प्राविधिक परीक्षण थालेको केन्द्रले स्पष्ट पारेको छ ।

केन्द्रका सचिव डा. ऋषिराम शर्माले सरकारबाट सञ्चालित राष्ट्रिय गौरव लगायतका आयोजनाको निर्माण कार्य गुणस्तरयुक्त, समयमै सम्पन्न होस् भन्ने उद्देश्यसहित राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा २५ वटा आयोजनाको प्राविधिक परीक्षण गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय गौरवका १७ र अन्य आठ गरी कुल २५ वटा आयोजनाको प्राविधिक परीक्षण सुरु गरिएको हो ।

केन्द्रका सचिव शर्माले अहिले २५ वटा आयोजनाको प्राविधिक परीक्षण सुरु गरिएको छ । चालू आर्थिक वर्षमा नै आयोजना थप्न सकिन्छ । प्राविधिक परीक्षणका लागि प्राविधिक ‘फिल्ड’मा गई कामसमेत सुरु गरिसकेका छन् । हरेक आयोजनाका
लागि एक÷एक जना प्राविधिक परीक्षक वा फर्म चयन गरिएको छ भन्नुभयो ।

कतिपय अवस्थामा सम्पन भइसकेका, निर्माणको अन्तिम चरणमा रहेका, ‘प्लानिङ फेज’ मा रहेका, निर्माणको चरणमा रहेका आयोजनाको प्राविधिक परीक्षण गरिने भए पनि त्रुटि भेटिएको अवस्थामा सच्याउन सजिलो होस् भन्ने उद्देश्यले प्रायः निर्माणाधीन अवस्थामा नै परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्