RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१७ गते
१०३७ पटक

ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विदेशमा गरिने प्रवर्द्धनात्मक कार्यक्रम केही समय स्थगित गर्ने बताएका छन् ।

मन्त्री भट्टराईले भने ‘हामीले मन्त्रालयको तर्फबाट भनेका छौं, विदेशमा हुने नेपाल भ्रमण वर्षको कार्यक्रम केही समयका लागि स्थगित हुन्छन्, जुन दिन समय अनुकूल हुन्छ,

यो सन्त्रासबाट दुनियाँले मुक्ति पाउँछन्, त्यसपछि फेरि उच्च तयारीका साथ विदेशी बजारमा नेपालको प्रवर्द्धनात्मक कार्यक्रमलाई जोड्नेछौं ।

कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको उनले बताए ।

उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउछौं ।

प्रतिकृया दिनुहोस्