RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
७३९ पटक

काठमाडौं, फागुन १७ गते । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस उच्च जोखिममा रहेका मुलुकहरुमा नेपालाई पनि राखेपछि सरकारले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलेको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति तथा मुख्य सचिवको संयोजकत्वमा कार्यानवय समिति गठन गरेको छ ।

सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा. युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि रहुनु भएको छ ।

सो समितिले नेपालमा विभिन्न मुलुकबाट आउने हवाइ यात्रु लगायतका देशबाट हुने आवतजावतका गतिविधिलाई नजिकबाट हेर्नुका साथै कोरना भाइरस फैलन सक्ने संभावित क्षेत्रको पहिचान गरी समाधानका उपायबारे सुझाव दिने पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराइले गोरखापत्रलाई बताउनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्