RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१८ गते
७५९ पटक

काठमाडौं : विहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

गत बुधवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सदस्यमा लैजान सरकारलाई सिफारिस गर्न गरेको निर्णयलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नमान्ने भन्दै चुनौती दिएपछि नेकपाको विवाद छताछुल्ल भएको छ।

सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधबकुमार नेपाल, झलनाथ खनालले प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नै पर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।

वार्तापछि अध्यक्ष प्रचण्डले चितवन पुगेर प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय मान्नुको  बिकल्प नरहेको बताइसकेका छन्।  अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने प्रधानमन्त्री ओलीको अडानले नेकपाभित्र विवाद निम्तिएको हो।

प्रतिकृया दिनुहोस्