RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/१९ गते
६८६ पटक

हेटौँडा, फागुन १८ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई प्रभावित गर्न प्रयास गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिले विभाग गठनको नाममा पद बाढ्ने काम गरेको भन्दै विभाग गठन आफूहरुलाई मान्य नहुने उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन मकवानपुर शाखाले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस वरिष्ठ नेता पौडेलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध पार्टीले संसदभित्र र बाहिर आउन उठाउने समयमा आफै कमजोर देखिएको बताउनुभयो ।

काँग्रेस महामन्त्री सशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभाग गठन गर्नुको औचित्य र विभागको सङ्ख्या २८ बाट ४८ पु¥याउनुको आशय के हो भन्ने प्रश्न गर्दै पार्टी सभापतिबाट गरिएको विभाग गठन स्वीकार्य नभएको बताउनुभयो ।

काँग्रेस पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेशनलाई निष्पक्ष र धाधरीरहित रुपमा सम्पन्न गर्ने समयमा महाधिवेशनलाई प्रभावित गर्ने गरी आचारसंहित विपरीत विभाग गठन गर्ने काम सभापतिले गरेकोमा विरोध जनाउँदै पार्टीलाई सुदृढ र प्रभावकारी बनाउन सभापति असफल भएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य डा. रामशरण महतले मुलुकमा भ्रष्टाचार बढेको, आयोजनाहरु असरल्ल भएको र बैङ्कहरुलाई बिगार्ने काम भएको बताउँदै मुलुकको नयाँ संरचनाअनुसारको परिपक्व नेतृत्वको अभाव भएको, प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउनुभयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्