RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२० गते
६९८ पटक

काठमाडौं । बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ ।

सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो ।

कोरोना भाइरसको प्रकोप संसारभरि नै फैलिरहेकाले त्यसका लागि सबैले सावधान अपनाउनै पर्ने हुँदा मुख्य लक्ष्यण देखिएका व्यक्तिले जहाजको यात्रा नगर्न र विमानस्थल नगइदिन सूचनामा भनिएको छ ।

साथै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको गरिएको विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्