RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
७३८ पटक

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणअघि डायलाइसिस र ल्याब परीक्षण गरिएको छ। ओलीको बुधबार(आज) बिहान ९ बजे मिर्गौला प्रत्यारोपण सुरु हुने भएपछि मंगलबार बेलुका नै डायलाइसिस, ल्याबसहितका अन्य आवश्यक परीक्षण गरिएको हो।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताए। प्रत्यारोपण गर्नूपूर्व विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परीक्षण गरिएको बताउँदै उनले मिर्गौला प्रत्यारोपणका लागि कुनै समस्या नरहेको स्पष्ट पारे।

‘अहिलेसम्म प्रधानमन्त्रीको स्वास्थ्यस्थिति राम्रो अवस्थामा छ, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका रहेकाले विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको छ’, खड्काले भने। प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको विषयमा नियमित रुपमा विज्ञप्ति निकालेर सञ्चारमाध्यमलाई जानकारी गराइने उनको भनाइ छ। नागरिक दैनिकबाट ….

प्रतिकृया दिनुहोस्