RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
९८२ पटक

धितोपत्र बजारका कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ । विगत केही सातादेखि निरन्तर उच्च अंकले वढेको सेयर बजार सूचक सोही गतिमा घटेको हो । साताको पहिलो दिन आइतबारदेखि करेक्सन सुरु भएको बजार २ दिनमै करिब १३७ अंकले घटेको हो ।

आइतबारमात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब डेढ घण्टा कारोबार हुँदा बजार सूचक ६ प्रतिशत अर्थात ९६.०६ अंकले घटेर बन्द भएको छ । आइतबार आएको उच्च गिरवटलाई रोक्न नेप्सेले कर्किट ब्रेकर नै प्रयोग गरेर नियमित कारोकार समयभन्दा अघि सोमबारका लागि सेयर कारोबार नै बन्द गर्नु परेको थियो ।

सेयर बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा पनि ठूला कारोबारीले हल्ला चलाएर बजारमा चलखेल गरेको विश्लेषण भइरहेको समयमा आइतबार र सोमबार आएको गिरावटले पुष्टि गरेको छ । अर्थमन्त्रीलाई आधार बनाएर कारोबारले बजारमा हल्ला चलाइ बढाएको बजारमा उनीहरूले प्रतिफल सुनिश्चित गर्न खोज्दा बजार घटेको विश्लेषकहरू बताउँछन् । अर्थमन्त्री डा. युवराज खतिवडा कायम रहने वा नरहने विषलाइ मात्र आधार बनाएर सेयर खरिद वा बिक्रीको निर्णय गर्नु परिपक्क बजारको संकेत नभएको विश्लेषकहरूको भनाइ छ ।

आइतबार निकै उचारचढावबीच पनि बन्द हुँदा ४० अंकले घटेको बजार सोमबार लगानीकर्तालाइ प्यानिक हुने गरी घटेको लगानीकर्ता विष्णु भण्डारीले बताए । बजारमा हल्ला फैलाएर बजारमा चलखेल गर्ने कारोबारीले प्रतिफल सुनिश्चितता गर्दा बजारमा उच्च अंकको गिरावट आएको भण्डारीको भनाइ छ । “धितोपत्र दलाल कम्पनीले नै सेयर कारोबारीको रूपमा सक्रिय भएकाले पछिल्ला दिनहरूमा बजार अस्वभाविक देखिएको छ,” उनले भने, “दलाल कम्पनीले नै प्रतिफल बुक गर्न केन्द्रित हुँदा बिक्री चाप उच्च भएपनि बजारमा ९६ अंकको गिरावट आएको हो ।”कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्