RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२१ गते
७९७ पटक

काठमाडौं :  (नेकपा) का एकजना सांसदमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल प्रहरीको हिरासतमा पुगेका हुन्।

महिलाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कैलालीबाट पक्राउ पूर्जी जारी गराएको थियो। अछामका रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

तिनै महिलाको उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि रावल बुधबार प्रहरी कार्यालयमा उपस्थित भएका थिए। रावललाई बुधबारै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बस्‍नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्