RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२५ गते
६५५ पटक

बैतडी, फागुन २५ गते । धनगढीबाट दार्चुला जाँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकको घटना स्थलमै मृत्यु भएको छ । जिपमा सवार छ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

धनगढीबाट दार्चुला जादैं गरेको अनटेष्ट (१२५७) जिप आईतबार राति २ः१५ बजे बैतडीको पाटन नगरपालिका –६, पन्त्यौडा नजिक खोलामा २५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका –४, का ३५ वर्षिय जिप चालक धनसिंह बडाल रहेका छन् । गम्भीर घाईते हुने दार्चुला दुहु– गाउँपालिका–४ का हेमन्ती वम, हर्कसिह वडाल, सुरेन्द्र र वम रहेका छन् । गम्भीर घाईतेलाई बैतडीबाट रेफर गरिएको छ ।
जिपमा सवार प्रेम जोशी, धनराज जोशी, द्रोपती जोशी सामान्य घाईते भएका छन् । उहाँहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार ईरहेको प्रहरीले जानकारी दिएको छ । गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्