RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२६ गते
६५२ पटक

पेरिस । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ ।

ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ । डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ । त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप सङ्क्रमितको सङ्ख्या ४४ रहेको छ भने यही समयमा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।

चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो । अहिलेसम्म चीनबाहिर सङ्क्रमितको सङ्ख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा सङ्क्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ ।

कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् । दक्षिण कोरियामा सात हजार ३१३ सङ्क्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार ८८३ सङ्क्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ । इरानमा पाँच हजार ८२३ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ सङ्क्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ । जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा सङ्क्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्