RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२६ गते
७३४ पटक

फागुन २६ ।  कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा, सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम समेत स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु पनि रोकिएका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरी कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको हो ।

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न पनि अपील गरेको छ । कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो ।

प्रतिकृया दिनुहोस्