RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२७ गते
८१९ पटक

काठमाडौं ।  मंगलबार राजधानीमा चेम्बर अफ कमर्सद्धारा आयोजित कार्यक्रममा बोल्दै खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधी व्यवसायी लगायत माक्स तथा सेनिटाइजेसनका व्यववसायीहरुले बजारमा वस्तु तथा सेवाको कुनै खालको अभाव नभएको बताएका हुन् ।

नेपाल खाद्यान्न संघले विश्व कोरोनाको महामारीको सन्त्रासका बीचमा उपभोक्ताहरुले डरको मानसिकताले बजार अभाव हुने आशंकामा संयमितता गुमाउँदा समस्या आएको बताएको छ ।

‘बजारमा दाल चामल तेल लगायतका खाद्यान्नलाई लिएर चिन्ता दिनुपर्दैन,  हामीसँग तीन महिनालाई धान्ने खाद्यान्न स्टोर छ । र अरु आपूर्ति हुने क्रममै छन् ।’

त्यस्तै, खाद्यान्न व्यवसायी देवेन्द्रभक्त श्रेष्ठले ३ महिनालाई पुग्ने खाद्यान्न आफुहरुसँग भएपनि उपभोक्ताहरुको सन्त्रासको मानसिकताले समस्या निम्तिएको बताए ।

त्यस्तै, मुलुकमा नुनको एकाधिकार पाएको नेपाल साल्ट ट्रेडिङ्गले पनि बजारमा नुनको अभाव नभएको र भोलिका दिनमा पनि अभाव हुन नदिने बताएको छ ।

प्रतिकृया दिनुहोस्