RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२८ गते
८२२ पटक

जापान: नेपालबाट जापान आउँदा चीन तथा दक्षिण कोरिया हुँदै आउने सबैलाई जापानले अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ ।
जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरियासहित हङकङ, मकाउलगायत देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम सोमबारबाट लागू गरेको छ ।

आइतबार मध्यरात १२ बजेपछि यी देशमा ट्रान्जिट बनाएर जापान आउन नेपालीसहित जुनसुकै देशका नागरिकले अनिवार्य जापानले तोकेको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
आफ्नै खर्चमा जापानले तोकेको ठाउँमा दुईसाता क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू भएपछि यसको प्रत्यक्ष मारमा नेपालीहरुसमेत पर्ने भएका छन् ।
नेपाल एयरलाइन्सले नेपाल जापान सीधा हवाई उडान सुरु गरे पनि त्यसअघिनै अन्य बिमान कम्पनीको टिकट काटेकाहरु यसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
ती देशमा ट्रान्जिट टिकट भएका यात्रुहरुले १४ दिने क्वारेन्टाइन बस्न मन्जुर भए ट्रान्जिटको यात्रा गर्ने नभएमा नेपाल एयरलाइन्स नै चढ्नुपर्ने विकल्प खडा भएको छ । कारोबार दैनिकबाट ….

प्रतिकृया दिनुहोस्