RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/११/२८ गते
१२१२ पटक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलालाई अस्पतालले  बुधबार डिस्चार्ज गरेको छ । गत बुधबार प्रधानमन्त्री ओलीलाई नाताले भान्जी पर्ने समीक्षाले मिर्गौला दान गरेकी थिइन् ।

मिर्गाैला दानका लागि  त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षालाई अस्पतालले नौ दिनपनि आज  डिस्चार्ज गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले समीक्षाको बुधबार डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।  यसैबीच डिस्चार्ज अघि समीक्षाले मामा प्रधानमन्त्री ओलीलाई  भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्