RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१३ गते
५१० पटक

काठमाडौँ । कांग्रेसका बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले ती जिल्लाको अधिवेशन पुस २७ गते सम्पन्न गर्ने निर्णय गरेको सचिव केशव रिजालले जनाएका छन् ।

जसअनुसार सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन पुस २७ गते हुनेछ ।

यसअघि क्रियाशील सदस्यताको विवादका कारण ती जिल्लाको अधिवेशन समयमै हुन सकेको थिएन । बाँकी ६१ जिल्लामा अधिवेशन पूरा भएर सात प्रदेश र केन्द्रीय महाधिवेशन समेत सम्पन्न भइसकेको छ l

प्रतिकृया दिनुहोस्